October 23, 2017

ओडिशामा साम्प्रदायिक हिंसा, विद्यालय र कलेज बन्द

काठमाण्डौ, २६ चैत्र । सामाजिक सञ्जालमा भगवान राम र सीताको बारेमा लिएर गरिएको आपत्तिजनक टिप्पणीपछि ओडिशाको शहर भद्रकमा साम्प्रदायिक हिंसा अझै जारी छ ।

शहरमा कफ्र्यू लगाइएको छ भने विद्यालय र कलेज पनि बन्द गरिएको छ । हिंसा र आगजनीबाट अहिलेसम्म कसैको ज्यान नगए पनि ठाउँठाउँमा आतंक र आगजनीको घटनाक्रम भने जारी नै छ ।

कति घर र पसलहरु जलाइएको खबर आएको छ । शहरमा शान्ति कायम राखिराख्न ठूलो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ । संवेदनशील इलाकामा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । शुक्रबार साँझबाट जारी कर्फ्युको समयावधि बढाएर आज साँझ ६ बजेसम्म कायम गरिएको छ ।

भद्रा राज्यका महानिर्देशक केबी सिंहले स्थिति नियन्त्रणमा रहेको बताएका छन् । भद्रक ओडिशाको एक शहर हो जहाँ मुस्लिम समुदायको धेरै संख्या छ । एजेन्सी