Breaking News

एसीसी इमर्जिङ टिममा नेपाल र पाकिस्तानको खेल हुदैं

काठमाण्डौ,१४ चैत्र । एसीसी इमर्जिङ टिम्स कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले ब्याटिङ गर्दैछ ।

बंगलादेशको शेख कमाल इन्टरनेशनल क्रिकेट स्टेडियम एकेडेमी ग्राउण्डमा टस पाकिस्तान यू २३ ले नेपाललाई ब्याटिङको निम्तो दिएको हो। प्रतियोगितामा नेपाली टोलिको नेतृत्व कप्तान पारस खड्का इन्जुरीका कारण समावेश नरहेको खेलमा सिनियर खेलाडीहरु वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी लगायतलाई पनि विश्राम दिइएको छ । नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्ल ले समहालेका छन ।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका अन्डर २३ टीमसहित नेपाल, अफगानिस्तान, हङकङ र मलेसिया सहभागी छन । समूह बी मा रहेको नेपालले पाकिस्तानसँगै बंगलादेश र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। समूह एमा भारत, श्रीलंका, अफगानिस्तान र मलेसिया छन ।

shares