November 20, 2017

एसीसी अण्डर १९ एसिया कप क्रिकेटमा मलेसियाविरुद्ध नेपाल आठ विकेटले विजयी

काठमाण्डौ २८ कार्तिक । मलेसियामा जारी एसीसी अण्डर नाइन्टिन एसिया कप क्रिकेटमा मलेसियाविरुद्ध नेपाल आठ विकेटले विजयी भएको छ ।

४६ रनको झिनो लक्ष्य नेपालले दुई विकेटको नोक्सानीमा पा“च दशमलव तीन ओभरमै भेट्टायो । नेपालको जितमा अनिल शाहले नटआउट २६ तथा दीपेन्द्र सिंह ऐरीले १२ रन बनाए । १५ बलको सामना गरेका शाहले तीन छक्का र एक चौकाको मद्दतले २६ रन बनाए । त्यस्तै आशिफ शेख चार रनमा पेभेलियन फर्के भने भीम सार्की तीन रनमा अविजित रहे ।

यसअघि क्वालालाम्पुरस्थित बेउमास ओभल मैदानमा टस जितेर हारेर फिल्डिङ गरेको नेपालले घातक बलिङ गर्दै मलेसियालाई १५ दशमलव ३ ओभरमा ४५ रनमा अलआउट ग¥यो । मलेसियालाई कम स्कोरमा समेटन नेपालका सन्दीप लामिछानेले ५ विकेट हासिल गरे ।

यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरी र सहहाब आलमले दुई–दुई विकेट प्रँप्त गरे । अनिलकुमार साहले एक विकेट लिए । आजका जितका बाबजुद हिजो बंगलादेशले मलेसियाविरुद्ध निकालेको २ सय ६२ रनको फराकिलो जितको कारण नेपालको सेमिफाइनल यात्रा कठिन देखिएको छ ।