October 18, 2017

एसियन गेम्सका लागि पहिलोचरणको पुम्से टिम छनोट

काठमाडौ २८ फाल्गुन । नेपालमा पहिलो पटक पुम्से विधाको राष्ट्रिय टिम छनौट भएको छ । शनिबार नेपाल तेक्वान्दो संघको आयोजनामा त्रिपुरेश्वरस्थीत दशरथ रंगशालाको केन्द्रिय तेक्वान्दो प्रशिक्षण केन्द्रमा पहिलो चरणको खेलाडी छनोट भएका छन् ।

इन्डोनेसियाको जाकार्तामा हुने १८औँ एसियाली खेलकुदलाई मध्य नजर राखी छनोट पुम्सेको राष्ट्रिय टिम छनौट गर्न लागिएको टिम संयोजक कविराज नेगी लामाले बताए । आगामी सन् २०१८ मा एसियाली खेलकुदमा तेक्वान्दोको पुम्से विधा पहिलोपटक समावेश हुदैछ ।
त्यसका लागि संघले पहिलो चरणको खेलाडी छनोट गरिएको हो । पहिलो चरणको छनोटमा महिला ११ जना र पुरुष १६ जना गरी जम्मा २७ खेलाडी पहिलो चरणमा राखिएको संयोजक कविराज नेगी लामाले बताए । जसमध्येबाट ११ पुरुष र पाँच महिलाको टिम छनोट गरिने छ ।

नेपाल तेक्वान्दो संघद्धारा अन्य चरणको छनोट यथसिघ्र आयोजना गरि विशेष प्रशिक्षण संचालन गरिने सघंका महासचिब दिपराज गुरुङ्गले बताए । सो अवसरमा कोरियाली प्रशिक्षक जे हो लीलाई टिम छनोट र टिम व्यवस्थापनका लागि कविराज नेगी लामालाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा, उपाध्यक्ष हरिश्वर पोखरेल, सदस्य न्विनकुमार श्रेष्ठ र नोर्वु लामा, पारा तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक कल्याण कुवँर लगायतको उपस्थिती रहेको थियो ।

छनोट भएका खेलाडीको तत्काल विशेष प्रशिक्षण संचालन गरिने कार्यक्रम संयोजक कविराज नेगी लामाले बताए । पहिलो चरणका लागि देशका विभिन्न स्थान र विभागिय टिमबाट सहभागीता रहेको संयोजक लामाले बताए ।