एसियन कप छनोटमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित

काठमाण्डौ, १५ चैत्र । एसियन कप छनोट खेलमा नेपालले फिलिपिन्ससँग ४–१ ले पराजित भएको छ । १० खेलाडीमा सीमित नेपालविरुद्ध फिलिपिन्सले ४ गोल फर्काएको हो ।

पहिलो हाफको २१ औं मिनेटमा बिक्रम लामा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नेपालको कठिन समय सुरु भएको थियो । बिक्रमले बललाई हातले रोकेपछि मैदान छोड्न बाध्य भएका थिए । तर त्यो पेनाल्टीलाई नेपाली किपर किरण चेम्जोङले बचाएका थिए ।

खेलको २३ औं मिनेटमा नै फिलिपिन्सका खेलाडी फिलिपले २ गोल गर्दै गोलको खाता खोल्न सुरु गरे । पुनः खेलको २८ औं मिनेटमा फिलिपिन्सका खेलाडी रामसेले १ गोल थप्दै जितको अग्रता तेब्बर बनाएका थिए ।

पहिलो हाफको थपिएको समयमा नेपालका विशाल राईले १ गोल फर्काएर खेललाई ३–१ को स्थितिमा फर्काएका थिए ।

तर दोस्रो हाफमा पाटिन्होले पुनः १ गोल थपेर नेपाललाई खेलमा फर्किने मौका दिएनन् र नेपाल पराजित बन्न पुग्यो ।