एसएलसी परीक्षाभरी लोडसेडिङ नहुने

काठमाण्डौ,२३ फाल्गुन । एसएलसी परीक्षालाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले देशभरी नै लोडसेडिङ नगर्ने बताएको छ ।
चैत १ गते बाट १४ गतेसम्म लोडसेडिङ नहुने प्राधिकरणले जनाएको छ । विद्यार्थीलाई एसएलसी परीक्षाको तयारी गर्न सजिलो होस भन्दै प्राधिकरणले देशभरी नै लोडसेडिङ नगर्ने बताएको हाे ।