November 17, 2017

एलेभेन साइनिङ क्लव प्रतियोगिताबाट बाहिरियो

भद्रपुर २८ फाल्गुन । आयोजक एलेभेन साइनिङ क्लव भद्रपुरमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।
भद्रपुर माविको मैदानमा शनिबार भएको तेस्रो क्वाटर फाइनल खेलमा सैनिक युथ क्लवसँग ६–२ को फराकिलो अन्तरले पराजित भएपछि आयोजक प्रतियोगिताबाट बाहिरिएको हो । जीतसँगै सैनिकले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
प्रवेश कटुवाललगायतका अनुभवी खेलाडीहरु रहेको सैनिकले शुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै मध्यान्तरअघि २–१ को अग्रता लिएकोमा मध्यान्तरपछि ४ गोल थप्यो । मध्यान्तरपछि केही सम्हालिँदै भद्रपुरले १ गोल फर्कायो । सैनिकका तर्फबाट उत्कृष्ट गोलहरु भएका थिए भने भद्रपुरका ९ नं जर्सीका खेलाडी अञ्जल गुरुङले गरेको गोल निकै आकर्षक थियो ।
खेलमा विजयी टिमका जर्सी नं १० का विकेश लिम्बूले ह्याट्रिक गरे । उनले पहिलो हाफमा १३ औं र २५ औं मिनेटमा गोल गरे भने भद्रपुरका तर्फबाट अञ्जलले गोल गरे । दोस्रो हाफ एकतर्फीजस्तै बनेको थियो । विजयी टिमका ११ नं जर्सीका रञ्जित श्रेष्ठले ९ औं मिनेटमा गोल गरे भने १९ औं मिनेटमा २१ न्ं जर्सीका राजकुमार कन्दङ्वा, ३७ औं मिनेटमा दुर्लभ तिवारी र थपिएको इञ्ज्युरी समयमा बिकेश लिम्बूले गोल गर्दै सहज नतिजा निकाले । दोस्रो हाफको तेस्रो मिनेटमै आयोजक टिमको १६ नं जर्सीका बबिन बोहराले गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच विजयी टिमको जर्सी नं ११ का रञ्जित श्रेष्ठ घोषित भए । उनलाई नविन गुरुङले म्यान अफ द म्याचको ट्फी प्रदान गरे । अन्तिम क्वार्टर फाइनल खेल युनाइटेड क्लव विर्तामोड र बाहुनडाँगी एफसीबीच चैत १ गते मंगलबार हुने छ । प्र