June 26, 2017

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाण्डौ, ३ फाल्गुन । प्रमुख प्रतिपक्ष नेकपा एमालेको स्थायी कमिटीको बैठक मंगलबार बस्दैछ ।
पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक बिषयमा छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको हो । बैठकमा बुधबारबाट बस्ने भनिएको पोलिट्ब्युरो बैठकको एजेण्डाबारे समेत छलफल हुने छ । दिउसो १ बजे बस्ने स्थायी कमिटी बैठकमा स्थानीय निर्वाचनका लागी सरकारलाई दवाव दिनवारे छलफल हुने नेताहरुले बताएका छन् । यस्तै पछिल्लो समय मधेसी मोर्चासंग भइरहेको छलफलवारे समेत समीक्षा हुने बताइएको छ । मधेसी दलहरुसंग करिब एक बर्ष देखी संवाद नगरेको एमालेले पछिल्लो समय राजनीतिक निकासका लागी भन्दै मधेसी मोर्चाका शिर्ष नेताहरुसंग छलफल गरेको थियो ।