October 20, 2017

एमाले जनताबीच विभाजन ल्याउने षड्यन्त्रमा लागेको देउवाकाे अारोप

कैलाली, २८ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले हिमाल, पहाड र मधेशबीच वैमनस्यता ल्याउने गम्भीर षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

कैलालीमा देशव्यापी सभा शुरु गर्दै सभापति देउवाले एमालेले जातजाति र भाषाभाषीबीच विभाजन ल्याउन खोजेको आरोप लगाएका छन् । मधेशलाई छाडेर हिमाल र पहाडले मात्र देश नबन्ने उनले बताए ।

देश निर्माणमा देशका सबै जातजाति र भाषाभाषीको उत्तिकै योगदान रहेको भन्दै देउवाले राजनीतिका नाममा एमाले गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दाबी गर्नुभयो ।

त्यस्तै कांग्रेस नेता रामचन्द्र पौडेलले एमालेले प्रतिपक्षीको भूमिका भन्दा देशमा द्वन्द निम्त्याउने प्रयास गरिरहेको आरोप लगाए । सभामा महामन्त्री सशांक कोइराला, नेता कृष्ण सिटौला लगायत नेताले सम्बोधन गरेका थिए ।