October 20, 2017

एमाले अध्यक्षद्वारा चुनावी घरदैलो सुरु

काठमाण्डौ २५ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले काठमाडौँ महानगरपालिकाको पदयात्रा तथा घरदैलो कार्यक्रमको सुरु गरेका छन  ।
सोमबार काठमाडौंको वडा नं २१ स्थित लगनबाट घरदैलो कार्यक्रमको शुभारम्भ गर्दे ओलीले आफ्नो पार्टीले स्थानीय निर्वाचन जितेपछि स्वदेशी उद्योग र उत्पादनलाई प्राथमिकता दिने बताए ।

उद्योग बन्द हुनु विडम्बना भएको भन्दै एमालेले जितेपछि त्यस्तो अवस्थाको अन्त्य हुने अाेलीको भनाई छ । उनले महानगरको प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यसहितको उम्मेदवारले जितेमा भ्रष्टाचाररहित महानगर बन्ने पनि दाबी गरे ।