October 22, 2017

एमालेले कसैसँग सम्झौता गर्नु पर्दैन–ओली

धनगढी ३ चैत्र । नेकपा एमाले अध्यक्ष केपी शर्मा आलीको भौगोलिक अखण्डता, स्वतन्त्रता र स्वाभिमानका बारेमा एमालेले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

मेची महाकाली जागरण अभियानका क्रममा कैलालीकाे धनगढीमा अायाेजित सभालाई सम्बाेधन गर्दै अाेलीले भने ‘भाषा, भूगोल वा जातिका नाममा हुने कुनै पनि प्रकारका विखण्डनलाई हामी स्वीकार गर्दैनौँ । अवको कार्यभार समृद्धि हो । ध्यान त्यसैमा केन्द्रित हुनु पर्छ ।’
ओलीले देशलाई अगाडि बढ्न नदिने तत्वहरुले जनतालाई एमालेको कार्यक्रममा आउन छेकबार लगाउने कोसिस गरेको पनि बताएका छन् ।

त्यस्तै उनले निर्वाचन र संविधान संशोधनको कुनै सम्बन्ध नभएको पनि बताएका छन् । संविधान संशोधन पहाड र तराईलाई छुट्याउने षड्यन्त्र भएको बताएका छन् ।उनले मिलेर बसेका समुदालाई विभाजित गर्ने षड्यन्त्रलाई सफल हुन नदिने पनि बताएका छन् ।

कार्यक्रम एमाले उपाध्यक्ष तथा प्रदेश नम्बर ७ का संयोजक भीम रावलको अध्यक्षता सञ्चालन भएको थियो । कार्यक्रममा पूर्वप्रमुख जिल्ला अधिकारी डिल्लीराज जोशी, माओवादी केन्द्रका केन्द्रीय सदस्य डम्बरबहादुर सिंहलगायतले एमाले प्रवेश गरेका थिए ।