August 24, 2017

एमालेले आज कैलालीको टीकापुर र लम्कीमा आमसभा गर्दै, अभियान असफल पार्न थरुहट पार्टीद्वारा कैलाली बन्द आव्हान

काठमाण्डौ २ चैत्र । मेची महाकाली अभियानमा रहेको नेकपा एमालेले आज कैलालीको टीकापुर र लम्कीमा आमसभा गर्दैछ ।

कांकट्भिट्टाबाट सुरु गरिएको अभियान बिभिन्न जिल्लाहुदै आज सुदूरपश्चिम पुग्न लागेको हो । आमसभालाइ पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

एमालेको अभियानलाई असफल पार्न थारुहट तराई पार्टी नेपालले भने कैलाली बन्दको आह्वान गरेको छ । बन्दको सामान्य प्रभाव परेको छ । एमालेले अभियानका नाममा मधेसमा जातीय र साम्प्रदायिक द्वन्द निम्त्याएको थरुहट तराई पार्टीको आरोप छ ।