October 23, 2017

एमालेको सरकार बन्द, दश बर्षमा देशको कायापलट हुन्छ : ओली

काठमाण्डौ १२ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अब फेरि प्रधानमन्त्री बन्ने इच्छा नभएको बताएका छन ।
प्राडा भिष्मराज प्रसाई जीवनी ‘आफैंलाई फर्केर हेर्दा’ को शनिबार काठमाडौमा लोकार्पण गर्दे ओलीले यस्तो बताएका हुन ।
ओलीले अव नेकपा एमालेको नेतृत्वमा बन्ने सरकारले १० वर्ष भित्र देशमा आमूल परिवर्तन हुने गरि काम गर्ने दाबी गरे ।
प्रधानमन्त्री हुँदा योजना मात्र ल्याएर नहुने र त्यसका लागि बजेट आवश्यक हुने अनुभव रहेको भन्दै अध्यक्ष ओलीले बजेटका कारण कुनै योजना रोकिनु नहुने बताए ।
नेपालमा कृषि लगाएतका क्षेत्रमा निकै सम्भावना रहेको भन्दै त्यसलाई आधुनिकतर्फ लैजानुपर्ने ओलीको धारणा थियो । प्रसाइद्वारा लिखित ‘आफैंलाई फर्केर हेर्दा’ नामक पुस्तक घोष्ट राईटिङ नेपालले प्रकाशनमा ल्याएको हो ।