June 24, 2017

एमालेको मेची महाकाली अभियान, आज बिराटचोक र इटहरीमा आमसभा

काठमाण्डौ, २२ फाल्गुन । नेकपा एमालेले आफनो मेची महाकाली अभियान अन्तर्गत आज मोरङकाे बिराटचाेक र सुनसरीकाे इटहरीमा आमसभा गर्दैछ ।

एमालेले बिराटचाेकमा मध्यान्ह १२ बजे र इटहरीमा दिउसो दुइ बजेपछि सभा गर्ने बताएकाे छ । सभालाई अध्यक्ष केपी ओलीसहित पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन ।

झापाको काकडभिट्टाबाट सुरु भएको अभियान सुदुरपश्चिम पुगेर टुंगिने छ । अध्यक्षले अाेलीले विधान र कानूनबाहेक अरु कसैका अनुचित आग्रहहरु नमान्ने बताएका छन । १५ दिने अभियानकाक्रममा तराईका २२ जिल्लालाई समेट्ने गरी ३५ स्थानमा आमसभा आयोजना गरिने छ ।