June 28, 2017

एमालेको निर्णय

प्रमुख विपक्षी दल नेकपा एमालेले राजनीतिक असहमति र द्वन्द्व चर्काउने काम नगर्न सरकारलाई सचेत गराएको छ ।
एमाले स्थायी कमिटीको आइतबार बसेको बैठकले संविधान संशोधन अघि बढाएर राजनीतिक असहमति र द्वन्द्व चर्काउने काम नगर्न सरकारलाई आग्रह गरेको हो । साथै सरकारले संसदमा पेश गरेको संशोधन असंवैधानिक र राष्ट्रहित विपरित भएको दोह¥याएको छ । निर्वाचनसम्वन्धी कुनै तयारी अघि नबढाएको र चुनावको वातावरण बनाउन सरकारले रत्तिभर ध्यान नपु¥याएको एमालेको आरोप छ ।
एमालेले चुनावको मिति घोषणा गर्न, निर्वाचनसम्वन्धी विधेयक संसदमा प्रस्तुत गर्न र पेश भइसकेको विधेयक पास गर्ने वातावरण बनाउन र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न पनि माग गरेको छ । बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई हटाउने सरकारको निर्णय पूर्वाग्रही भएको र यसका पछाडि सरकारको गलत उद्देश्य रहेको आरोप लगाएको छ । एमालेले मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियान फागुन २१ गते का“कडभिट्टाबाट सुरु हुनेछ ।।।