October 23, 2017

एमालेको घोषणापत्रमा महत्वाकांक्षी योजना समेटिने

काठमाण्डौ, ४ वैशाख । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणा पत्रमा आगामी ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पु‍र्‍याउने महत्वाकांक्षी योजना समेट्ने भएको छ ।

सोमबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग भएको छलफलमा उपाध्यक्ष बामदेव गौतमले आफ्नो पार्टीले जिते शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकतालाई निःशुल्क र अनिवार्य गर्ने दाबी गरे । एमालेले स्थानीय तह निर्वाचन घोषणा पत्रको मस्यौदा तयार पार्न उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा टोली बनाएको छ ।

गौतमका अनुसार ३ वर्षभित्र गरिबी निवारण गर्ने र ५ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पु‍र्‍याउने योजना घोषणा पत्रमा हुनेछ । एमालेको सरकार बनेपछि प्रत्येक घरमा एक रोजगारी दिने र ५ वर्षभित्र कोही पनि बेरोजगार बस्नु पर्ने अवस्था नरहने गौतमले बताए ।

एमालेले १० वर्षभित्र नेपालको आर्थिक र विकास एसियाका अन्य देशको समान बनाउने योजना पनि घोषणा पत्रमा छ ।