June 27, 2017

एमालेको कार्यक्रममा मोर्चाको अवरोध , ५ जना घाईते भारतीय गाडीमा आगजनी

अभिमनु कुमार पटेल

रौतहट, १५ फाल्गुन । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहभागि कार्यक्रमलाई मधेशी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोज्दा रौतहटको सदरमुकाम गौर आइतबार दिनभरि तनावग्रस्त रह्यो ।

आईतबार रौतहटको गौरमा आयोजना गरिएको कार्यक्रममा मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा पाँच जना घाइते भएका छन भने बि.आर.०६ पी. ५४६१ नम्बरको भारतीय गाडीमा आगजनी भएको छ ।

मधेशी जनताहरुको अधिकारप्रति वास्ता नगरी संविधान संशोधनमा अवरोध गरेको भन्दै मोर्चाले एमालेले आयोजना गरेको कार्यक्रमको विरोध गर्दै आएको छ । मोर्चाका नेता कार्यकर्ताहरु र प्रहरी बीच सदरमुकाम गौरको क्रान्ति चोक, कबिर चोक, धडकन चोक र गरुडा, शिवनगर लगायतका ठाउँमा झडप भएको थिए ।

एमालेको कार्यक्रमको खबर सुनेर मोर्चाका नेताहरुले सदरमुकाम गौरमा बिहानै देखि टायर बालेर विरोध गरिरहे पनि नेता नेपालले प्रहरीको सहायतामा जिल्ला प्रहरी कार्यालय रौतहटको प्रङ्गगणमा कार्यक्रम आयोजना गरी छोटो समयमा सम्पन्न गरेको थिए ।

झडपमा गौर न.पा.२ का बिकाउ महतो, गौर न.पा. ६ का अनिल पटेल, गम्हरिया पर्सा–१ का नन्दकिशोर पटेल र द हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिका सम्वाददाता प्रभात झा घाइते भएका छन् । एक जनाको नाम अहिले सम्म खुल्न सकेको छैन । नन्दकिशोरको टाउकोमा गम्भीर चोट लागेको छ भने एउटा हातको औंलासमेत भाँचिएको छ ।

द हिमालय टाईम्सका सम्वाददाता पत्रकार प्रभात कुमार झा माथि भएको दुव्र्यवहार प्रति छिटो भन्दा छिटो दोषीलाई करवाहीको माग राख्दै नेपाल पत्रकार महासंघ रौतहटले आज प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।