August 16, 2017

एमालेको कारण संविधान संसोधन अघि बढ्न सकेनः निधि

काठमाण्डौ, २३ चैत्र । उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले एमालेको कारणले संविधान संसोधन अघि बढ्न नसकेको आरोप लगाएका छन् ।

बुधबार काठमाण्डौमा आयोजित स्थानीय निकायको निर्वाचनमा युवाहरुको भूमिका विषयक कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन । उनले कांग्रेस र माओवादीबीच संसोधनमा सहमति भए पनि एमाले बाधक बनेको बताए ।

निधिले कांग्रेस र माओवादीबीच भएको सहमति अनुसार अब सरकारको नेतृत्व गर्ने पालो कांग्रेसको भएको समेत उल्लेख गर्दै यसले दुई दलको सहकार्य नटुटने धाराण पनि राखेका छन् ।

त्यस्तै स्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगन थापाले सबैलाइ सहमतिमा ल्याई तोकिएको समयमा नै निर्वाचन गर्नुको बिकल्प नरहेको बताए ।

कार्यक्रमका अन्य वक्ताहरुले स्थानीय निकायको निर्वाचनमा युवाहरु सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।