एमालेकै समर्थनमा संविधान संशोधन हुन्छ : बलदेव

काठमाण्डौ, १४ फाल्गुन । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले संविधान संशोधन प्रस्ताव एमालेकै समर्थनमा संसदबाट पारित गराउने गृहकार्य अगाडि बढिरहेको बताएका छन ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले संशोधन प्रस्ताव ढिलोमा एक महिनाभित्रै पारित हुने विश्वास पनि व्यक्त गरे । खनालले प्रधानमन्त्री र एमाले अध्यक्ष केपी अाेलीबीच संशोधन प्रस्ताव पारित गराउनेबारे सहमति बन्दै गएको समेत बताए । । काँग्रेसका नेता एनपी साउदले मधेशी मोर्चाले भाग नलिएपनि चुनाव भएरै छाड्ने दाबी गरे ।

संविधान संशोधन प्रस्तावलाई टुँगोमा पुर्याउनको लागि एमालेले कुनैपनि अवरोध नगर्ने एमालेका नेता डा. बंशिधर मिश्रले धारणा व्यक्त गरे भने मधेशी मोर्चाका नेता मनिष सुमनले मोर्चाले अब छिट्टै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए । यथास्थितिमा संविधान संशोधन प्रस्ताव पारित भएपनि मोर्चा चुनावमा सहभागी नहुने सुमनको भनाई थियो ।