Breaking News

एमालेका प्रदेश सांसद शाहीद्वारा राजीनामा

काठमाण्डौ ७ फाल्गुन । प्रदेश नम्बर ६ को मुगु जिल्लाबाट नेकपा एमालेका तर्फबाट प्रदेशसभामा निर्वाचित सांसद चन्द्रबहादुर शाहीले नेकपा एमालेकाे साधारण सदस्य र सांसद पद समेतबाट राजीनामा दिएका छन ।

प्रदेश नम्बर ६ काे मन्त्रिपरिषदमा नपरेपछि असन्तृष्ट रहेका शाहीले एमाले पार्टी त्याग गर्दै सांसद पद समेतबाट राजीनामा दिएका हुन । उनले हुलाकमार्फत सभामुखलाई राजीनामा पठाएका छन् । शाही प्रदेश नम्बर ६ को सभामुख पदका दाबेदार थिए ।

अाफुभन्दा जुनिएर,  पार्टीमा नवप्रवेशी र खासै योगदान नदिएका व्यक्तिहरुलाई मन्त्री र सभामुख बनाएकाे भन्दै असन्तृष्ट रहेका शाहीकाे अारोप छ ।

शिक्षक पृष्ठभूमीबाट २०४२ सालमा तत्कालिन नेकपा मालेबाट पूर्णकालिन राजनीतिमा लागेका शाहीले तीन कार्यकाल नेकपा एमाले मुगुकाे प्रमुख भएर काम गरिसकेका थिए भने २०५६ सालमा मुगुबाट प्रतिनीधिसभा सदस्यमा निर्वाचित भएका थिए ।  उनी मुगु जिल्लामा इमान्दार र व्यवहारिक नेताका रुपमा परिचित छन ।

२०५६ सालमा सांसद निर्वाचित भइसकेपछि मुगुकाे ताल्चा विमानस्थलकाे निर्माणमा अहाेरात्र खटिएका शाही कर्णाली अञ्चलमै विकासप्रेमी नेताका रुपमा चिनिन्छन । २२ बर्षसम्म सरकारी उपेक्षाका कारण बन्न नसकेकाे ताल्चा विमानस्थलकाे निर्माण शाहीले जनश्रमदानकाे मोडेल मार्फत सम्पन्न गरेका थिए ।

shares