एमालेकाे लाेकप्रियता देखेर अाक्रमणकाे प्रयास भयाे : खनाल

विद्रोही गिरी
नवलपरासी, २९ फागुन । एमालेका बरिष्ठ नेता झलनाथ खनालले मधेसमा एमालेकाे लाेकप्रियता देखेर अात्तिएका शक्तिहरुले नै एमाले माथि अाक्रमणकाे प्रयास गरेकाे बताएका छन ।
नवलपरासीको भुमही आइतबार आयोजित सभालाई सम्बोधन गर्दै खनालले अब हुने जुनसुकै चुनावमा पनि आफ्नो पार्टीलाई कसैले पनि हराउन नसक्ने बताए । ‘मधेसमा एमाले बलियो भएकै कारण आक्रमण गर्न खोजिएको हो । यो पराजित मानसिकताको उपज हो,’ उनले भने, ‘हामी यसको बदला चुनावबाट लिन्छौं ।’
‘मधेसी मोर्चाका नाममा अगाडि आएका सुन्डमुन्डहरुलाई जनताले तह लगाउनेछन् ।’सार्वभौमिकता, स्वाभिमान र एकताका लागि एमाले जुनसुकै बलिदान गर्न तयार रहेको खनालले बताए । भारतीय हैकमका सामु एमाले नझुक्ने खनालकोे भनाई थियो ।
एमाले प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डलले राजनीतिक प्रतिस्पर्धामा नसकेपछि मधेसी दलहरु अपराधिक गतिविधिमा उत्रिएको आरोप लगाए । उनले भने ‘सिमानाका भारतीय अपराधिक तत्वहरुको उत्साहटमा एमालेमाथि आक्रमणको कोशिस भएको छ । त्यसबाट हामी डराउँदैनौं ।’