October 20, 2017

एमालेकाे मेची महाकाली अभियान सुरु

झापा, २१ फाल्गुन । नेकपा एमालेले झापाबाट मेची महाकाली राष्ट्रिय अभियान सुरु गरेको छ ।
काँडकभिट्टामा शनिबार आयोजित मेची महाकाली राष्ट्रिय अभियानको उदघाटन पार्टी अध्यक्ष केपी ओली गरेका छन ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले संविधान र कानूनबाहेक अरु कसैका अनुचित आग्रहहरु नमान्ने बताए ।
मेची महाकाली अभियानमा कसैले अवरोध गर्न खोजे त्यसलाई हटाउँदै अघि बढ्ने ओलीले चेतावनी पनि दिए ।
पार्टीका महासचिव ईश्वर पोखरेलले सार्वभौमसत्ता र राष्ट्रियताका पक्षमा अभियान थलिएको भन्दै यो कुनै जाति र दलको विरोधमा नभएको उल्लेख गरे ।
संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो १५ दिने राष्ट्रिय अभियान आज कांकडभित्ताबाट सुरु भएको हो ।
वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल लगायतका नेताको सहभागिता रहेको कार्यक्रममा पार्टीको प्रदेश नं का संयोजक भीमप्रसाद आचार्यलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गरेर अध्यक्ष ओलीले अभियानको शुभारम्भ गरेका थिए ।