June 24, 2017

एमपि कप फुटबलको उपाधि धनगढी २० लाई

धनगढी, १६ फाल्गुन । एमपि कप फुटवल प्रतियोगिताको उपाधि धनगढी उप महानगरपालिका वडा नम्वर २० ले जितेको छ ।
सोमवार धनगढी रंगशालामा भएको उपाधि भिडन्तमा वडा नम्वर १ लाई ४–० ले पराजित गर्दै वडा नम्वर २० ले नगद ५१ हजारमाथि कव्जा जमाएको हो ।
सासद पुष्करनाथ ओझाको परिकल्पनामा सुरु भएको एमपि कप अन्तर्गतको फुटवलमा वडा नम्वर २० लाई च्याम्पीयन वनाउन वादल पाख्रीन नायक बन्दै उनले ह्याट्रिक गरे ।
पहिलो हाफको २४ औं मिनेटमा गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाएका उनले दोस्रो हाफको ७० औं र ८० औं मिनेटमा गोल थप्दै ह्याट्रिक गरे ।
सानदार जितमा सुन्दर घिसिङले दोस्रो हाफको ५३ औं मिनेटमा एक गोल गरे । वडा नम्वर १ ले पाएका मौकाहरु सदुपयोग गर्न नसक्दा एक गोल पनि फर्काउन सकेन् ।
उपविजेतामै चित्त वुझाएको वडा नम्वर १ ले नगद २५ हजारमा चित्त वुझायो । फागुन ७ गतेदेखि सुरु भएको फुटवल प्रतियोगितामा वडा नम्वर १ का दिपेन्द्र वुढा उत्कृष्ट रक्षक, वडा नम्वर १ कै भिष्म भाट उत्कृष्ट खेलाडी, वडा नम्वर २० का तिर्थ कार्की उत्कृष्ट गोलरक्षक र प्रतियोगितामा १० गोल गरेका वडा नम्वर २० का वाद पाखूीन सर्वाधिक गोलकर्ता भए । उनीहरु सवैलाई नगद ५ हजार सहित पुरस्कार दिईएको छ । विजयी खेलाडीहरुलाई एक समारोहको आयोजना गर्दै पुरस्कार वितरण गरिएको हो ।
फुटवल खेलको समापन समारोहमा सांसद पुष्करनाथ ओझाले आगामी दिनमा एमपि कपलाई लिग आधारमा सञ्चालन गरी खेलाडीहरुलाई वर्षभरी नै खेल्ने वातावरण वनाउने र यसले देशलाई आवश्यक पर्ने खेलाडीहरु उत्पादन गर्न मद्दत गर्ने आशा व्यक्त गरे ।