April 26, 2017

एमएस धोनीको टिम आगलागीबाट बच्यो

काठमाण्डौ, ४ चैत्र । पूर्व भारतीय कप्तान महेन्द्रसिंह धोनीलाई आगलागीबाट बचाइएको छ । उनी बसेको न्यु दिल्लीको वेलकम होटलमा अाज  आगो लागेको हाे ।

उनीसँगै झारखण्ड टिमका अरु खेलाडीहरुलाई पनि सुरक्षित रुपमा बाहिर निकालिएको छ । विजय हजारे ट्रफी खेल्नका लागि झारखण्ड टिम दिल्ली आएको थियो ।

झारखण्ड टिम र बंगाल टिमबीच आज दोस्रो सेमिफाइनल खेल हुनुपर्ने थियो । होटलमा टिमको खेल्नका लागि आवश्यक सामग्री जलेका कारण आजको खेल भोलीका लागि सारिएको छ ।

झारखण्डले विधर्वा टिमलाई हराएर सेमिफाइनलको यात्रा तय गरेको थियो । तमिलनाडु टिमले बरोडा टिमलाई हराएर फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।