August 23, 2017

एनसेलले ल्यायो भ्यालेनटाइन अफर

२५ माघ, माठमाण्डौ । जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले भ्यालेन्टाइन दिवसको अवसरमा दुई आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।

योजनामा ग्राहकहरुले आफुले छानेको एउटा विषेश नम्बरमा सुलभ दरमा कल गर्न सक्ने र त्यस्तै ब्याक टोन पनि ५० प्रतिशत छुटमा राख्न सकिने रहेका छन् ।
यो सेवा बुधबार देखि लागु हुने छ । ग्राहकहरुले १७१०६ डायल गरी यो सेवानिःशुल्क सुचारु तथा आफुले चाहेको एनसेल नम्बर पेयर गर्न सक्ने एनसेलले जनाएको छ ।

त्यस्तै पिआरबिटी सेवाको छुट अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७११७ डायल गरी प्राप्तनिर्देशनअनुसार २० वटा रोमान्टिक गीतहरुको सूचीबाट आफ्नो रोजाइको गीतलाई ५० प्रतिशत छुटमा राख्न सकिने रहेको छ ।

कलगर्दा बज्ने रिङ ब्याक टोन यदी मन परेमा ग्राहकले उक्त टोन बजिरहेको बेलामा एस्ट्रिक्स् डायल गरि कपी गर्न पनि सकिने रहेको छ ।