October 23, 2017

एनसेलले पूँजीगत लाभ कर तिर्नुपर्छः ज्वाला

काठमाण्डौ, ३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रकाश ज्वालाले एनसेल कम्पनीले पूँजीगत लाभ कर तिर्नुपर्ने बताएका छन् ।

ज्वालाले पूँजीगत लाभ लिन पाउने र कर तिर्न नपर्ने भनेर सरकारले गरेको मौखिक निर्णय गलत भएको भन्दै एनसेल कम्पनीले राज्यलाई कर तिर्नुपर्ने बताएका हुन् ।

केही दिन अघिमात्रै सरकारले एनसेलले कर तिर्न नपर्ने भनेर गरेको मौखिक निर्णयको सन्दर्भमा संसदको अर्थ समितिले किटानी जाहेरी गरिसकेको भन्दै ज्वालाले कर नतिरेसम्म कम्पनीले कुनैपनि काम–कार्य अघि बढाउन नमिल्ने बताए ।

अर्थ समितिका सभापति समेत रहेका नेता ज्वालाले सरकारले कर निर्धारण गर्ने काममा कमजोरी गरेको भन्दै स्थानीय तहको निर्वाचनको तयारीको लागि आफ्नो पार्टी मेची–महाकाली अभियानमा व्यस्त भएको कारण यसको बारेमा सार्थक आवाज उठाउन नसकेको स्पष्ट पारे ।