October 24, 2017

एनसेलले घटायो ३० देशमा कल शुल्क

काठमाण्डौ,१४ चैत्र । एनसेलका ग्राहकले अब लोकल कलको रेटमा नै भारत, चीन, अमेरिका, हङकङ, जर्मनी, सिंगापुर, स्विडेन, न्यजिल्यान्ड लगायत विश्वका विभिन्न ३० मुलुकमा कुरा गर्न सक्ने छन ।

सोमबारदेखि लागू हुने गरी एनसेलले योजना ल्याएको हो उक्त योजना मार्फत गा्रहकले करबाहेक मात्र एक रुपैयाँ ९९ पैसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन ।

यो योजना १५ दिनसम्म लागू हुने छ । यो अफरको लाभ लिनको लागि एनसेलका ग्राहकले ८१७१०७३ डायल गरी निशुल्क सहभागी हुन सक्ने बताइएकाे आजको नागरिकमा खबर छ ।