एनएफपीजेको फोटो अवार्ड बैशाख १३ मा हुने

काठमाडौं,१६ फाल्गुन । राष्ट्रिय फोटो पत्रकार समूह–एनएफपीजेले ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ र २५ हजार राशीको “प्रोभेन्सियल (मोफसल) फोटोजर्नालिष्ट अवार्ड”का लागि मेट्स ऐजुकेशन कन्सल्टेन्सीसंग संझौंता गरेको छ ।
आफ्नो स्थापनाको २० औं वर्षगाँठको अवसर पारेर एनएफपीजेले आगामी २०७४ साल बैशाख १३ गते राजधानीमा आयोजना अवार्डको आयोजना गर्नेछ ।
हरेक वर्षको बैशाख १३ मा मनाईने राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गर्न लागिएको सो अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने एनएफपीजेले जनाएको छ । ५० हजार राशीको ‘डिवि थापा फोटो पत्रकारिता लाईफ टाइम एचिभमेन्ट अवार्ड’ कार्यक्रमको मुख्य प्रायोजक फोटो कन्र्सन रहेको छ भने २५ हजारको प्रोभेन्सियल (मोफसल) फोटोजर्नालिष्ट अवार्ड” को प्रायोजन मेट्स ऐजुकेशन कन्सल्टेन्सीले गरेकोछ ।
विभिन्न सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकाहरुलाई फरक फरक १३ विधामा पुरस्कृत गरिनेछ उक्त अवार्ड कार्यक्रमका अन्य विधाहरुमा स्पोर्टस् फोटो पत्रकारिता अवार्ड, डेली लाईफ फोटो पत्रकारिता अवार्ड, राजनीतिक फोटो पत्रकारिता अवार्ड, महिला फोटो पत्रकारिता अवार्ड, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड, अनलाईन फोटो पत्रकारिता अवार्ड, मोफसल फोटो पत्रकारिता अवार्ड , विजनेस फोटो पत्रकारिता अवार्ड , एनएफपीजे एक्टिभ मेम्बर अवार्ड र फोटोजर्नालिष्ट अफ दी ईयर अवार्ड हुनेछन् ।
पुरस्कार प्राप्त गर्नका लागि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिका, समाचार अनलाईनलगायतका सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकारहरुले खुल्ला रुपमा एनएफपीजेको कार्यालयमा आवेदन दिनसक्ने बताइएको छ ।