September 23, 2017

एडिबीले नेपालको लागि ५ सय ५ मिलियन डलर निकासा गर्ने

काठमाण्डौ, १० फाल्गुन । एसियाली विकास बैंक (एडीबी)ले सन् २०१७ मा नेपालका लागि ५ सय ५ मिलियन डलर निकासा गर्ने लक्ष्य रहेको बताएको छ ।

नेपाल भ्रमणमा रहेका एडीबीका उपाध्यक्ष वेन्काई झाङले काठमाण्डौमा भएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।

झाङले मेलम्ची खानेपानी आयोजनाका साथै तनहुँ हाइड्रोपावर, त्रिभुवन र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल एडीबीको प्राथमिकतामा रहेको बताए ।

भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसकेकोमा असन्तुष्टि जनाए पनि पुनर्निर्माण प्राधिकरणले राम्रो काम गर्नेमा विश्वस्त रहेको उपाध्यक्ष झाङले बताए ।