October 19, 2017

एडस बिरुद्वको सचेतना जगाउन एप्पलले रातो रङको मोबाइल बजारमा ल्याउदै

काठमाण्डौ, १० चैत्र एडस बिरुद्वको सचेतना जगाउन एप्पल आइफोनले रातो रङको मोबाईल बजारमा ल्याउने भएको छ । हालसालै बजारमा ल्याएको आईफोन सेभेन लाई रातो रङमा ल्याउन लागेको हो ।
विश्वव्यपिकरणमा आधुनिक पुस्तासँग सहकार्य गर्न एडस बिरुद्वको सचेतना जगाउन र नजिक ल्याउन सहयोग पुग्ने एप्पल कम्पिनिका सीइयो टिम कुक ले बताए । यो फोनको रातो रङ एडस बिरुद्वको रङ हुने पनि उनले बताए । सुरुवाति देखि नै ग्राहकहरुले एप्पलको सामाग्रीको प्रयोगद्वारा एडस उन्मूलन गर्नमा प्रभावकारी भुमिका खेलेको बताए ।

एकदमै आर्कषक डिजाइनमा बनेको उक्त फोन गा्रहकको हातमा पुर्याउन आतुर रहेकोे कुकले बताए । उक्त फोन शनिबार २५ मार्चबाट अनलाइन सपिङ र स्टोरबाट किन्न सकिने छ   ।  उक्त फोन १२८ जिबी र २५६ जिबीमा उपलब्ध हुने छ । फोनको मूल्य नेपाली बजारमा १ लाख ३१ हजार २ सय रुपैया पर्नेछ ।