October 20, 2017

एक अर्ब रुपैंयाँको खनिज कोष स्थापना

२४ माघ, माठमाण्डौ । उद्योग मन्त्रालयले राष्ट्रिय खनिज नीति मार्फत एक अर्ब रुपैयाँको खनिज कोष स्थापना गर्ने प्रस्ताव अघि सारेको छ ।
मस्यौदामा आगामी आर्थिक बर्षको बजेटमा सो रकमको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । खानी नीतिले आगामी १० बर्षभित्र नेपालको खानी क्षेत्रमा एक खर्बको वैदेशिक लगानी भित्र्याउने लक्ष्य पनि निर्धारण गरेको छ ।

त्यस्तै आगामी १० बर्षभित्रै ५० हजार नेपाली युवालाई खानी क्षेत्रमा रोजगारी दिने योजना पनि खानी नीतिले अघि सारेको उद्योगमन्त्री नविन्द्रराज जोशीले जानकारी दिएका छन् ।

खनिज कार्यमा प्रयोग हुने यन्त्र तथा उपकरणहरुको आयातमा लाग्ने भन्सार महसुलमा विशेष छुट सुबिधा दिने, खनिज कार्यबाट प्राप्त भएको राजश्वको निश्चित अंश प्रभावित क्षेत्रको विकासमा खर्च गर्र्नेे पनि नीतिमा उल्लेख गरिएको छ ।