April 24, 2017

एकैपटक खिचिएको संसारको सबैभन्दा लामो चलचित्र ‘जालो’ जेठ १९ मा प्रदर्शन गरिने

गुञ्जन राज गिरी/ काठमाण्डौ, ८ वैशाख । एकैपटक खिचिएको संसारको सबैभन्दा लामो चलचित्र अर्थात् (वान सर्ट मुभि) ‘जालो’ जेठ १९ गते प्रदर्शनमा आउने भएको छ ।

काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी चलचित्र जालो जेठ १९ मा देशैभरी प्रदर्शनमा आउने चलचित्रका निर्देशक अराज केशव गिरीले बताए । उक्त चलचित्रमा निर शाह, लक्ष्मी गिरी, रविन्द्र खड्का, रेमन दाश श्रेष्ठ, अनुप विक्रम शाही, निराजन प्रधान, मेनुका प्रधान आदिको प्रमुख भूमिका रहेको छ ।

अराज केशव फिल्मको ब्यानरमा निर्माण भएको चलचित्र ‘जालो’ लाई मोहित मुनाल र अराज केशव गिरीले संयुक्त रुपमा निर्माण गरेका हुन् । शब्द संगीत वासुदेव मुनाल र मोहित मुनालको रहेको छ । चलचित्र ‘जालो’ लाई हरि घलेले खिचेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *