October 19, 2017

एएफसी यु–२३ प्रतियोगिताको छनोट खेलमा नेपाल समूह ‘डी’ मा

काठमाण्डौ, ४ चैत्र । नेपाल फुटबल टिम एएफसी यु–२३ प्रतियोगिताको छनोट खेलका लागि समूह ‘डी’ मा परेको छ ।

विशेष समारोहबीच शुक्रबार मलेसियामा भएको कार्यक्रममा नेपालसँगै लेबनान, उज्वेकिस्तान, र संयुक्त अरब इमिरेट्स समूह ‘डी’ मा परेका छन् ।

छनोट खेलमा जम्मा ४० टिम रहनेछन् । जसलाई १० समूहमा विभाजन गरिन्छ र जसमा ४–४ टिम रहनेछन् ।

प्रत्येक समूहका समूह विजेता टिम र उत्कृष्ट ५ उपविजेता टिमले आगामी वर्ष चीनमा हुने एएफसी यु–२३ प्रतियोगितामा भाग लिन पाउनेछन् ।