April 24, 2017

एएफसी अण्डर १९ च्याम्यिनसिप क्वालिफायर्स अन्तर्गत नेपाल समूह ‘ए’ मा

काठमाण्डौ, ८ वैशाख । एएफसी अण्डर १९ च्याम्यिनसिप क्वालिफायर्स अन्तर्गत नेपाल समूह ‘ए’ मा परेको छ । सन् २०१८ मा आयोजना हुने प्रतियोगिताको आज सार्वजनिक गरिएको ड्र अनुसार नेपाल समूह ‘ए’ मा परेको हो ।

मलेसियाको क्वालालम्पुरमा सार्वजनिक गरिएको ड्र अनुसार नेपाल कठिन समूहमा परेको छ । नेपाल रहेको समुहमा बहराइन, युएई, ओमान र किर्गिस्तान पनि परेका छन् । एसियाका ४३ राष्ट्रलाई १० समूहमा विभाजन गरी ड्र गरिएको हो ।

प्रत्येक समुहको शीर्ष स्थानमा रहने टोलीले फाइनल चरणमा स्थान बनाउने छन् । त्यस्तै, दोस्रो हुने उत्कृष्ट ५ टोली र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछन् । प्रतियोगिता अन्तर्गत समुह चरणका खेलहरु किर्गिस्तानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *