October 19, 2017

एउटै तेललाई बारम्बार प्रयोग गर्नुहुन्छ–

काठमाण्डौ, २ वैशाख । जब हामी पुरी, पकौडा लगायत धेरै तेल चाहिने खाद्यान्न पकाउँछौ तब अवश्य नै पकाएको भाँडामा तेल बस्ने गर्दछ ।

त्यो बाँकी रहेको तेलमा पुनः पकाउन हुन्छ कि हुँदैन ? एकपटकभन्दा बढि तताइएको तेलले हाम्रो स्वास्थ्यमा नराम्रो असर गर्दछ । हो, एक अनुसन्धानका अनुसार एकचोटि प्रयोग गरिएकाे तेल बारम्बार प्रयोग गरिँदा घातक बिरामीपना निम्त्याउने सम्भावना रहन्छ ।

अनुसन्धानमा के बताइएको छ भने, बारम्बार तेल तताउँदा त्यसमा फ्रि रेडिकल्स बन्न लाग्दछ र जुन बिरामीको कारण बन्न सक्छ । यसको कारण क्यान्सर, मुटुरोगजस्त ठूला–ठूला रोग लाग्न सक्छ । यसका साथै एउटै तेललाई बारम्बार उच्च तापक्रममा तताउँदा एल्डिहाइड बन्ने गर्दछ र जसको कारणले मानिसमा मधुमेह, किड्नीजस्तो समस्या देखिन थाल्छ ।

यदि बचेको तेलको प्रयोग गरिरहनु भएको छ भने सबैभन्दा पहिला त्यो तेललाई छान्नुहोस् र त्यसमा रहेको गाढा र कालो मात्रालाई हटाउनुपर्छ । तेलमा भएको चिपचिपाहटलाई पनि हटाउनुहोस् ।