August 17, 2017

एउटा फरक विशेषता भएको विद्यालय जहाँ खेलकुद र विदेशी भाषा अनिवार्य

काठमाण्डौ, २९ चैत्र । पछिल्लो समय बजारमा च्याउझै‌ मौलाएका निजी विद्यालयहरुले अन्य विद्यालयको भन्दा फरक विशेषताहरु छन् भन्दै अभिभावकहरुको शुल्कले ढाड सेक्ने गरेका छन् । तर यी नै विद्यालयहरुको भिडमा एउटा छुट्टै विशेषता भएको विद्यालयको रुपमा चिनिने विद्यालय हो, हारती शिक्षा मन्दिर ।

काठमाण्डौ सितापाइलामा रहेको यस विद्यालयमा विगत ६ वर्ष देखि शिक्षामन्त्रलायले तोकेको पाठ्य पुस्तक बाहेक विभिन्न देशका भाषा, आईएलटिएस र सैद्धान्तिक तथा व्यावहारिक खेलकुद विषय पनि पढाई हुने गर्दछ ।

यस स्कुलमा कक्षा ६ बाट आईएलटिएस र २ कक्षाबाट कोरियन र जापानीज भाषाको पठन पाठन गराइन्छ । अन्य विद्यालयहरुको भन्दा फरक विशेषताको रुपमा विदेशी भाषा र खेलकुदलाई रोज्नुको मुख्य कारण आर्थिक पाटो रहेको छ । पछिल्लो समय आर्थिक रुपमा बलियो बन्दै गएको कोरिया र जापान नेपालीहरुको मुख्य रोजाई भएका कारण विद्यार्थीहरुले दाहोर्‍यार खार्च गर्न नपरोस भन्ने उद्देश्यले कोरियन र जापानीज भाषलाई विशेष प्राथमिक्ता दिएको प्राध्यापका अच्युतम लामिछाने बताउँछन् । पास आउट भएर जाँदासम्म बजारमा एउटा प्राइमरी टिचर सम्ममा बिक्री हुन सक्ने बनाएर पठाउने गरेको उनले बताए ।

साथै खेलकुदलाई विशेष प्राथमिकता दिनु अर्को मुख्यकारण विद्यार्थीलाई अनुसाशित बनाउनु हो । ५ वर्ष भित्र हारती विद्यालयलाई देशकै अनुशासित विद्यालय बनाउने उनको योजना छ ।

उनले भने ‘देशलाई चिनाउने मध्ये खेलकुद पनि एउटा माध्यम भएकोले खेलकुदलाई विशेष प्राथमिकता दिएका हौँ ।’ यस विद्यालयमा अतिरिक्त क्रियाकलापको रुपमा खेलकुद विषयलाई अनिवार्य रुपमा राखिएको छ । जसमा तेक्वान्दो र योङमुदोको विषयलाई समेटिएको छ । यी विषयका साथै कराँते, टेवल टेनिस, वास्केट बल, कबड्डी, फुटबल र खोखो लगायतका खेलहरुलाई पनि समेटिएको छ ।