October 23, 2017

उसको छुवाई राम्रो थिएनः सिरियल अभिनेत्री, शिल्पा सिन्डे

काठमाण्डौ, १३ चैत्र । बलिउडमा फिल्ममा मात्र नभएर टेलिसिरियलमा पनि कहिलेकाँही स्कान्डल मच्चिने गर्दछ ।

अहिले आएर ‘भावी जी घर पर हे’ की ‘अङ्गुरी देवी’ अर्थात् शिल्पा सिन्डेले आफूमाथि यौन दुर्व्यवहार भएको खुलासा गरेकी छिन् । उक्त सिरियलका निर्माता सञ्जय कोहली विरुद्ध मुद्दा समेत दर्ता गराइसकेकी छिन् ।

उनले भनिन्, ‘म महशुस गर्छु उनको स्पर्श गलत थियो ।’ उनले थपिन्, ‘म यो कुरा भन्न चाहन्छु किनकि गत एकवर्षदेखि यी कुराले मलाई असहज बनाइराखेको थियो ।’

‘उनले म प्रति गर्ने व्यवहार पनि सही थिएन । म यसबाट ६–७ महिना अघिदेखि बिरामी थिएँ ।’ सिन्डेले बताइन् ।