उपेन्द्र यादवले लहानमा बोलाए पर्सादेखि झापासम्म एघार जिल्लाको शीर्ष बैठक

लहान २४, बैशाख । संघीय समाजवादी फोरम नेपालको आह्वानमा तराई मधेश प्रदेश अन्तर्गत एघार वटा जिल्लाको शीर्ष बैठक आह्वान गरिएको छ ।
बैठकमा पर्सादेखि झापासम्मका पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय परिषद् र जिल्ला अध्यक्षहरुको विशेष सहभागितामा बैठक बसिरहेको छ ।
सिरहाको लहानमा आइतबार एक दिवसीय गोष्ठीको रुपमा केन्द्र र जिल्लाका शीर्ष नेतृत्वलाई प्रशिक्षत गर्ने लक्ष्यसहित आयोजना गरिएको बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, उपाध्यक्षहरु युवराज कार्की, रेणु यादव, लालबाबु राउत र केन्द्रीय कोषाध्यक्ष एवं पूर्वमन्त्री विजय यादवको उपस्थिति छ ।
संविधान संशोधन नभएसम्म चुनावमा नजाने प्रतिबद्धता जाहेर गरेको फोरम नेपालले संशोधनलाई गम्भीर ढंगले लिई सरकारले संशोधन प्रक्रिया अगाडि बढाएपछि पहाड केन्द्रीत प्रदेश नं. ३, ४ र ६ मा स्थानीय तहको पहिलो चरणको चुनावमा उम्मेदवारी दिएको छ ।