August 19, 2017

उपेन्द्रले भने – ‘सरकार भ्रष्टाचारमा डुवेकाले विकल्प खोज्ने बेला आइसक्यो’

काठमाण्डौ १२ चैत्र । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले भ्रष्टाचार र बेथिति चरम रुपमा बढेकोले सरकारकोे विकल्प खोज्नु पर्ने बताएका छन ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा यादवले मुलुकमा सरकारका कारण भ्रष्टाचार र बेथिति चरम रुपमा बढेकोले देशलाई डावाडोल अवस्थाबाट बचाउन विकल्प खोज्ने बेला आएको बताए । उनले एमालेसंग कुनै दुश्मनी नभएको प्रष्ट पाद राजनीतिमा स्थायी शत्रु र मित्र नहुने बताए ।
यादवले सरकारले स्थानीय तहको निर्वाचन पहिले गर्न खोजेर संघीयता र गणतन्त्रलाई सखाप पार्न षड्यन्त्र गरिरहेको आरोप लगाए ।
यादवले संविधान संशोधन नगरी समस्याको समाधान हुन नसक्ने बताउँदै संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाँती राख्न नहुने स्पष्ट पारे ।
सरकारले मोर्चासँग गरेको सहमति कार्यान्वयन गरेको भए अहिले मुलुकमा यस्तो समस्या नै नआउने यादवको दाबी थियो ।