September 25, 2017

उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति खारेज हुन्न : मन्त्री पाण्डे

काठमाडौं, २१ फाल्गुन । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति खारेज नहुने बताएका छन ।
उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिले शनिबार ललितपुरमा आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दे उनले यस्तो जानकारी दिएका हुन ।
अहिलेको अवस्थामा स्थानीय निकायमा दलित प्रतिनिधित्व सन्तोषजनक नभएको भन्दै मन्त्री पाण्डेले दलित प्रतिनिधित्व बढाउन सरकारले विशेष नीति बनाउने जानकारी दिए । उनले सरकारले स्थानीय तहको निर्वाचनमा सबै दललाई सहभागी गराउने प्रयास गरिरहेको पनि बताए ।