September 26, 2017

उपराष्ट्रपति स्वदेश फिर्ता

काठमाण्डौ २६ असार । उपराष्ट्रपति नन्दबहादुर पुन चीन भ्रमण पुरा गरि सोमबार स्वदेश फर्केका छन  ।
चीनले आयोजना गरेको ‘२३औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी भई उपराष्ट्रपति सोमबार स्वदेश फर्केका हुन  । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति पुनलाई प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि एवम् कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले स्वागत  गरेका थिए । चीन भ्रमणका क्रममा उपराष्ट्रपति पुनले विकास र सहयोगका लागि उच्चस्तरीय मञ्चमा विशेष सम्बोधन गरेका थिए । त्यस्तै उनले लान्जाउमा रहँदा उच्च चिनियाँ नेता एवम् अधिकारीसँग भेटवार्ता गरेका थिए ।