Breaking News

उपराष्ट्रपतिमा दोश्रो कार्यकालकालागि नन्दबहादुर पुनको उम्मेद्वारी दर्ता

काठमाण्डौ ३ चैत्र । चैत ९ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि नन्दबहादुर पुनले उम्मेदवारी दर्ता गराएका छन ।

बामगठबन्धनका उम्मेद्वार पुनले संसद भवन नयाँबानेश्वरमा शनिबार दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन । पुनको उम्मेदवारीमा प्रस्तावकहरु सुवासचन्द्र नेम्वाङ, पम्फा भुषाल, भानुभक्त ढकाल, रेखा शर्मा र परशुराम मेघी गुरुङ रहेका छन ।

समर्थकहरुमा देवप्रसाद गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्तीमगर, रामनारायण विडारी र राजेन्द्रप्रसाद गौतम छन । उम्मेदवारी दर्ता गराएपछि पुनले आफ्नो कार्यकालमा सबै पक्षसंगको सम्बन्ध सुमधुर भएको भन्दै आगामी दिन पनि मुलुक प्रति समर्पित रहेर काम गर्ने बताए ।

उनले संबिधानमा टेकेर नै राजीनामा नगरिकन पुनः उपराष्ट्रपति पदमा उम्मेद्वारी दिएको बताए । राष्ट्रपतिमा भने यस अघि विद्यादेवी भण्डारी निर्वाचित भईसक्नुभएको छ ।

shares