October 22, 2017

सडक विस्तार पीडितहरु विरोधमा

काठमाण्डौ, १७ चैत्र । काठमाण्डौ उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले सडक विस्तारको विरोधमा बिहीबार काठमाण्डौमा र्‍याली निकालेको छ ।

माइती घर मण्डलाबाट निकालिएको र्‍याली बिजुलीबजार हुँदै पुनः माइती घर मण्डलामा पुगेर टुंगिएको थियो । सडक विस्तारका कारण आफूहरु विस्थापित हुनुपरेको भन्दै उनीहरुले उचित क्षतिपूर्तिको माग गरेका छन् ।

र्‍यालीमा सहभागीले ‘विकासको नाममा सुकुम्बासी बनाउन पाइँदैन’, ‘आवास सम्बन्धी सम्पत्ति हकको सुरक्षा गर’, ‘सर्वोच्च अदातलको आदेश पालना गर’ लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।