उन्माद होइन, प्रतिपक्षलाई साथ लिएर काम गर्छौंः ओली

झापा, २५ मंसिर । नेमपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब प्रतिपक्षलाई साथै लिएर काम गर्ने बताएका छन् ।

झापा- ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले चुनाव जितेपछि विजयको उन्मादमा होइन प्रतिपक्षलाई साथ लिएर सम्मानपूर्ण व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले एमालेका जनप्रतिनिधिहरुलाई अबका चुनावमा ‘भोट नमागी, भोट दिऊँ–दिऊँजस्तो लाग्ने’ गरी काम गर्न  पन अपिल गरे । बहुमतले मात्रै मुलुकमा स्थायित्व आउन नसक्ने ठोकुवा गर्दै ओलीले नेतृत्वको इच्छाशक्ति भएर विकास, समृद्धि र स्थायित्व ल्याउन कुनै गाह्रो नभएको बताए ।

झापामा राप्रपासहितको फरक गठबन्धन बनाउनु बाध्यता रहेको उल्लेख गर्दै ओलीले त्यसलाई शतप्रतिशत अनुमोदन गरेको भन्दै झापाली जनतालाई आभार व्यक्त गरे । त्यसअघि भद्रपुर विमानस्थलमा पत्रकारहरुसित संक्षिप्त कुरा गर्दै वाम गठबन्धनको लहर स्वभाविक भएको बताए ।