October 22, 2017

उद्योगमन्त्रीको आग्रहमा सिमेन्टको मूल्य घट्यो

काठमाण्डौ,२८ चैत्र । केही दिनअघि सिमेन्टमा गरिएको मूल्यवृद्धि फिर्ता लिन व्यवसायीहरु सहमत भएका छन ।

आइतबार उद्योगमन्त्री नविन्द्रराज जोशी र सिमेन्ट व्यवसायीबीच भएको छलफलमा सिमेन्टको मूल्य घटाउन व्यवसायीहरु सहमत भएका छन् । उद्योगमन्त्रीले पूननिर्माणको प्रथम चरण भर्खरै सुरु भएकाले यो समयमा कम मुनाफा लिएर नागरिकलाई सहयोग गर्न आग्रह गरेपछि मूल्यमा पूर्नविचार गर्न तयार भएको मन्त्रालयले जनाएको छ ।

केही दिनअघिदेखि सबै कम्पनीका सिमेन्टको मूल्यमा प्रतिबोरा २० देखि ५५ रुपैयाँसम्म बढाएके खुद्रा व्यापारी बताउँछन । यो खबर आजको नागरिक दैनिकमा छ ।