उत्तर कोरिया बिरुद्ध अमेरिकाले चीनसंग मिलेर काम गर्ने

उत्तर कोरिया बिरुद्ध अमेरिकाले चीनसंग मिलेर काम गर्ने

काठमाण्डौ ६ बैशाख । उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा तनाव बढाउन थालेको भन्दै अमेरिकाले आक्रोश व्यक्त गरेको छ ।

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले पछिल्लो असफल मिसाईल परीक्षणपछि चीनसंग मिलेर तनाव घटाउन लागेको बताएका छन ।

परीक्षण गरेको केही क्षणमा सो मिसाईल पड्किएको पेन्टागनको दावी छ । प्योङयाङले हरेक साता मिशाईल परीक्षण गर्ने योजना रहेकाले आफु माथि अमेरिका जाईलागेमा युद्ध भड्किने चेतावनी दिएको छ ।

उत्तर कोरियालाई आणविक हतियार मुक्त गर्नका लागि चीनसंग मिलेर दबाब दिने अमेरिकाको नीति रहेको रक्षामन्त्री म्याटिसले बताए । आप्mनो शक्तिको अनुभुति दिलाउनका लागि अमेरिकाले मिसाईल परीक्षण असफल पार्ने योजना बनाएको बताईएको छ ।