October 23, 2017

उत्तर कोरिया ‘परमाणु हमलाको लागि तयार’

काठमाण्डौ, २ वैशाख । आफ्नो क्षेत्रमा अमेरिकाले गरेको कारबाहीलाई लिएर उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदैं आफूहरु परमाणु हमलाको लागि तयार रहेको बताएको छ ।

उत्तर कोरियाले शनिबार आफ्ना संस्थापक किम इल–सुङको १ सय ५औं वार्षिकोत्सव मनायो । यही मौकामा राजधानी प्योङयाङमा उत्तर कोरियाले आफ्नो सैन्य ताकत पनि प्रदर्शन गरेको थियो । १५ अप्रिल उत्तर कोरियाको राष्ट्रिय दिवस हो ।

उत्तर कोरियाका सैन्य अधिकारी चोइ रायोङले भने, ‘हामी युद्धको लागि पूर्णरुपमा तयार छौं । कुनै पनि परमाणु हमलाको जबाफ हामी आफ्नै शैलीमा दिन तयार छौं ।’

उत्तर कोरियाले हाल मिसाइल परीक्षण गरेर पूरा कोरियाली प्रायद्वीपमा आतंक मच्चाइरहेको छ । जापान र दक्षिण कोरियाले यस विषयमा कडा आपत्ति जनाएपछि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले यो मुद्दामा छलफल गर्न आपतकालीन बैठक पनि बोलाएको थियो ।