October 24, 2017

उत्तर कोरियाले फेरी जापानी सागरमा मिसाइल प्रक्षेपण गर्‍यो

काठमाण्डौ, २३ चैत्र । अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाले आफ्नो पूर्वी क्षेत्रमा रहेको जहाजबाट जापानी सागरमा एक मिसाइल प्रक्षेपण गरेको बताएको छ ।

दक्षिण कोरियाका रक्षामन्त्रीले भने, ‘उक्त मिसाइल करिब ६० किलोमिटर टाढा पुगेको र यो नै अहिलेसम्मको सबैभन्दा शक्तिशाली परीक्षण हो ।

यो परीक्षण शान्तिपूर्वक भएको बताइएको छ । तर पश्चिमी देशहरुलाई के डर छ भने यो परीक्षण उत्तर कोरियाको परमाणु हतियार कार्यक्रमको एक हिस्सा हुनसक्छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङको अमेरिका भ्रमण अघि गरिएको यो प्रक्षेपणले नयाँ तहल्का थपिएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेट्ने कार्यक्रम रहेको थियो ।

यी दुई नेताको भ्रमण उत्तर कोरियाको मिसाइल प्रक्षेपण कार्यक्रममा कसरी रोक लगाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहनेछ ।

प्रशान्त महासागरमा रहेको अमेरिकी सैन्य कमाण्डले भन्यो, ‘अहिले उत्तर कोरियाले प्रक्षेपण गरेको मिसाइल केएन–१५ मध्यम शक्तिशाली स्तरको मिसाइल हो ।’