October 20, 2017

उत्तर कोरियाले पाउने भयो किम जोङ नमको शव

काठमाण्डौ, १८ चैत्र । मलेसिया उत्तर कोरियाका शक्तिशाली नेता किम जोङ उनका सौतेला भाई किम जोङ नम को शव बुझाउन तयार भएको छ ।

मलेशियाका प्रधानमन्त्री नजीब रजाकले नम को मृत्य को कारण पत्ता लगाउन खटिएका अधिकारी मञ्जुर भएपछि यो शव बुझाउन पहल गरिएको बताए ।
उनका सौतेला भाईको मलेशियाको क्वालालाम्पुर एअरर्पोटमा खतरनाक रासायनिक बिष को प्रयोग बाट हत्या भएको थियो । नमको हत्या महिला नर्व एजेन्टबाट भएको मलेशियाले दाबि गरेको छ । यो हत्या लगत्तै उत्तर कोरिया र मलेशियाकोे कुटनितिक झगडाले नयाँ मोड लिएको छ ।

कोरियाले आफ्नो देशमा रहेका मलेशियन नागरिकलाई मलेशिया जान रोक लगाएपछि । जवाफमा मलेशियाले पनि उत्तर कोरियाली दूतावासका नागरिकलाई देश छोडन प्रतिबन्ध लगाएको थियो ।

प्रधानमन्त्री नजिब रजाकले जुन ९ नागरिलाई उत्तर कोरिया छोडन रोकिएको थियो उनिहरुलाई मलेशिया फर्किने अनुमति पाइसकेको बताएका छन । रजाकले भने अब उत्तर कोरियाका नागरिक पनि मलेशियाबाट फर्किन सक्नेछन । उत्तर कोरियाले भने मलेशियाले नम को शव राम्रोसंग जाँच नगराएको आरोप लगाएको छ ।