August 22, 2017

उत्तर कोरियाद्वारा पुनः आणविक परीक्षण

 काठमाण्डौं २३ फाल्गुन । संयुक्त राष्ट्रसंघको कडा दवावका बावजुद उत्तर कोरियाको आणविक  परीक्षणकोक्रम जारी छ ।

पछिल्लो समय उत्तर कोरियाले छोडेको मिसायल जापानको समुद्रमा खसेको दक्षिण कोरियाले जनाएको छ । यो मिसायल चीनसंग सीमा जोडिएको कोरियाको टांगचेंग क्षेत्रबाट छोडिएको दक्षिण कोरियाली सेनाको भनाइ छ ।

गत महिनामा मात्रै उत्तर कोरियाले आफ्नो नेता किम जोङ उनको निगरानीमा एक बैलिष्टिक मिसायल परीक्षण गरेको जनाएको थियो ।